काठमाडौं- सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)मा शनिबार दुई खेल हुँदैछ।त्रिवि मैदान कीर्तिपुरमा बिहान ९:१५ बजेदेखि सुरू हुने पहिलो खेल लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच हुनेछ।यसअघि दुई खेल खेलेको सुदूरपश्चिमले दुवै खेल जितेको छ। पहिलो खेलमा काठमाडौं गुर्खाजलाई ७३ रन र दोस्रो खेलमा विराटनगर किंग्सलाई ९० रनले पराजित गरेको थियो।
यता दुई खेल नै खेलेको लुम्बिनी दुवै खेलमा पराजित हुन पुगेको थियो। लुम्बिनी आज पहिलो जितको खोजीमा हुनेछ।यसअघि पहिलो खेलमा विराटनगरसँग २ विकेट र दोस्रो खेलमा पोखरासँग १० विकेटले लुम्बिनी पराजित भएको थियो।एनपिएलको दोस्रो खेल दिउँसो सवा १ बजे कर्णाली याक्स र विराटनगर किंग्सबीच हुनेछ।
कर्णाली र विराटनगर दुवैले यसअघि खेलेका तीन खेलमध्ये एउटामा मात्रै जित निकालेको छ। कर्णाली सुरूवाती दुई खेलमा जनकपुर बोल्ट्ससँग ८ विकेट र काठमान्डु गुर्खाजसँग तीन विकेटले पराजित भएको थियो। तेस्रो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको थियो।
पहिलो खेलमा जनकपुरसँग ८ विकेट र दोस्रो खेलमा सुदूरपश्चिमसँग ९० रनले पराजित भएको विराटनगरले तेस्रो खेलमा लुम्बिनी लायन्सलाई २ विकेटले पराजित गरेको थियो।लुम्बिनीमा रोहित पौडेल, सुदूरपश्चिममा दिपेन्द्रसिंह ऐरी, कर्णालीमा सोमपाल कामी र विराटनगरमा सन्दीप लामिछाने मार्की खेलाडी छन्।