काठमाडौं । नेपाल प्रिमियर लिग एनपीएलको आफ्नो दोस्रो खेलमा पोखरा एभेन्जर्सले जनकपुर बोल्ट्सविरुद्ध १३९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा टस हारेर ब्याटिङमा आएको पोखराले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १३८ रनको योगफल खडा गरेको हो ।