
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ले आफ्ना सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको पुष्टि भएको बताएको छ ।रास्वपाले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा यस्तो बताएको हो ।सो पार्टीका उपसभापति स्वर्णिम वाग्लेले लामिछानेलाई पोखरा ल्याएर थुनामा राखेको १२५ घण्टामा ४–५ घण्टामात्रै बयान लिनु नै राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।
“हाम्रो सभापतिलाई दाल भात खुवाउन ल्याएको हो पोखरा रु देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भयो,” उनले भने,“१२५ घण्टामा ४–५ घण्टामात्रै बयान भएको छ । कागजात पुगेन भनेर फेरि म्याद थप्ने तयारी गरेको छ ।”उनले न्यायपालिकाबारे आफ्नो पार्टीका कसैले नकारात्मक टिप्पणी नगरेको बताएका छन् ।
“न्यायालयले जस्तो फैसला सुनाए पनि विमति राख्नुपर्ने अवस्था आए पनि स्वीकार गर्छौँ,” उनले भने, “कार्यपालिकाको प्रतिनिधिमाथि प्रश्न उठाएका हौँ । छानीछानी डीएसपी र सीडीओ पठाउने काम भएको छ ।”