
गैँडाकोट- नवलपुरको गैँडाकोट स्थित जयश्री सामुदायिक बनमा एक पुरुषको वेवारिसे शव भेटिएको छ । गैँडाकोट नगरपालिका वडा नं. ३ स्थित जयश्री साुमदायिक वनको चिसापानी क्षेत्रमा एक पुरुषको शव फेला परेको इलाका प्रहरी कार्यालय गैँडाकोटले जनाएको छ ।
मंगोलीयन अनुहार भएको अन्दाजी ३५ बर्षीय पुरुषको शव सडेको अवस्थामा भेटिएको प्रहरी निरीक्षक हस्तबहादुर सुनारले उज्यालो खबरलाई जानकारी दिनुभयो ।
विहान ८ वजे जंगलमा च्याउ टिप्न गएका स्थानीयहरुले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।