
गैँडाकोट । नेकपा एमाले निटक युवाहरुको संगठन राष्ट्रिय युवासंघ नेपाल गैँडाकोटको अध्यक्षमा अर्जुन पराजुली चयन भएका छन् । संघको आज सम्पन्न पाचौँ अधिवेशनले पराजुलीको अध्यक्षतामा २३ सदस्यीय नगर कमिटि सर्वसम्मत चयन गरेको हो ।
कमिटिको उपाध्यक्षमा कृष्ण अर्याल, सचिवमा कृष्ण बहादुर केसी, सहसचिवमा (महिला) सुनिता खरेल, (खुल्ला) सुरेन्द्र आले र कोषाध्यक्षमा दिपक भट्ट चयन हुनुभएको छ ।
अधिवेशनले युथफोर्स गैँडाकोटको गठन गरेको छ । युथफोर्सको संयोजकमा नविन राना र सहसंयोजकमा सुमन सापकोटा रहेको नव निर्वाचित अध्यक्ष अर्जुन पराजुलीले जानकारी दिए ।