×

गैँडाकोट । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटको सचिवमा अस्मिता घिमिरे चयन हुनुभएको छ । रिक्त रहेको पार्टीको नगर सचिवमा घिमिरे सर्वसम्मत चयन हुनुभएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गैँडाकोटका उपसभापति विमल घिमिरेले जानकारी दिनुभयो ।

सचिव पदका लागि अस्मिता घिमिरे, रिसिराम भण्डारी र मोदनाथ गिरीले उमेदवारी दिएकोमा भण्डारी र गिरीले आफ्नो उमेदवारी फिर्ता लिएपछि घिमिरे सर्वसम्मत रुपमा चयन हुनुभएको हो । यसअघिका नगर सचिव टिकाराम लामिछानेले राजिनामा दिएपछि सचिव पद रिक्त थियो ।

तपाईको प्रतिक्रिया