
गैँडाकोट- पूर्वी नवलपरासीको गैँडाकोटमा रहेको गैँडाकोट नमूना कलेजले स्नातक तह तेस्रो वर्ष (ब्यवस्थान संकाय) तर्फ उत्कृष्ट नतिजा हाँसिल गरेको छ । त्रिभूवन विश्वविद्यालयले गतवर्ष लिएको बिबिएस तेस्रो बर्षको परिक्षामा कलेजका दुईजना छात्राहरुले जिल्ला प्रथम हुँदै रेकर्ड कायम गरेका छन् ।
कलेजका अध्यक्ष गोपेन्द्रकेशरी न्यौपानेका अनुसार छात्राहरु बिना रिजाल र अनु क्षेत्रीले क्रमश ७०. ८० प्रतिशत हाँसिल गर्दै जिल्ला प्रथम हुन सफल भएको बताउनु भयो । कलेजबाट परिक्षामा सहभागी भएका परिक्षार्थीहरु मध्ये ७० प्रतिशत विद्यार्थीहरु पास भएको उहाँले जानकारी दिनु्भयो । पारिवारिक बातावरणमा अध्यापन गराईने नमूना कलेजले विगतका वर्षहरुमा समेत राम्रो रिजल्ट ल्याउदै आएको छ ।