×

गैँडाकोट ।नारायणी नदीमा आएको बाढीले नारायणगढ–नगरवन जोड्ने झोलुङ्गे पुल बगाएको छ । पुलका दुबैतर्फका पिल्लरहरु भत्काउँदा पुलसमेत बगेको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।नारायणी नदीको दुई भंगालोको बीचमा रहेको नगरवनमा आन्तरिक पर्यटकहरु घुम्न जाने गर्दथे । यहाँ बीपी कोइरालाको शालिकसमेत राखिएको छ ।

नारायणी नदीमा आएको बाढीले सतर्कताको तह पार गरेपछि नदी तटीय क्षेत्रका वासिन्दाहरुलाई विभिन्न सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ ।भरतपुर महानगरपालिका वडा नं। १६ गुम्बाचोबाट २६ महिला र ३३ पुरुष गरी ५९ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।

फोटो- सुरज पौडेल

तपाईको प्रतिक्रिया