
गैँडाकोट । गैँडाकोट स्थित नारायणी नदी किनारमा एक पुरुषको बेवारिसे शव फेला परेको छ । गैँडाकोट नगरपालिका वडा नं. ९ थुम्सी स्थित नारायणी नदी किनारमा अन्दाजी ६०/ ६५ वर्षका पुरुष व्यक्तिको शव भेटिएको हो ।
विहान १० वजे नदी किनारको बगरमा भेटिएको शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाईएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलले जानकारी दिए ।