×

चितवन । माध्यामिक शिक्षा परिक्षा एसईई मा चितवनका १६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएका छन् । देशभरबाट १८६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याएकोमा चितवनका मात्रै १६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएका हुन् ।

भरतपुर महानगर क्षेत्रभित्र रहेका ६ संस्थागत र २ सामुदायिक गरि ८ विद्यालयका १२ जना तथा रत्ननगर र खैरहनी नगरपालिका भित्रका ३ विद्यालयका ४ जना गरि जिल्लाभर १६ जना विद्यार्थीहरुले ४ जीपीए ल्याउन सफल भएको नारायणी पब्लिक ईङ्लिस स्कुलका प्राचार्य बेदराज न्यौपानेले जानकारी दिनुभयो ।

यी हुन् ४ जीपीए ल्याउने विद्यालय र विद्यार्थी संख्या

१ नारायणी ईङ्लिस पब्लिक स्कुल – २
२. स्मल हेभन मोडल स्कुल – २
३. अर्किड स्कुल – २
४. लिटल फ्लावर स्कुल -२
५. डेजी आवासीय मावि – २
६. अरोमा स्कुल -१
७. पोलार स्टार स्कुल -१
८. स्काइराईडर मावि – १
९. पञ्चकन्या बोडिङ स्कुल- १
१०. चितवन मावि -१
११. बालकुमारी कन्या मावि- १

तपाईको प्रतिक्रिया