
गैँडाकोट । नेकपा एमाले गैँडाकोटको अध्यक्षमा युवा नेता कृष्ण कंडेल विजयी भएका छन् । दोस्रो नगर अधिवेशन अन्र्तगत आज सम्पन्न मतदान मार्फत आफ्ना प्रतिद्धन्दी श्रीराम सुवेदीलाई पराजित गर्दै कंडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।
कुल खसेको ३१९ मत मध्ये कंडेलले १८५ मत प्राप्त गरे । सुवेदीले १२६ मतमा चित्त बुझाए । नगर उपाध्यक्षमा गोविन्द प्रसाद सुवेदी विजयी भएका छन् । सुवेदीले २४४ मत ल्याउदा उपाध्यक्षका अर्का उमेदवार सरस्वती खनालले ६१ मत मात्रै ल्याइन् ।
सचिवमा भूमिश्वर भूसाल (राजु) विजयी भएका छन् । भूसालले १८२ सचिवमै उठेका कमल बहादुर पाठकलाई पराजित गरे । पाठकले १२४ मत ल्याए ।उपसचिवमा नर बहादुर थापा र गोमा पौडेल विजयी भएका छन् । उनिहरुले क्रमश २२२ मत र १८४ मत प्राप्त गरे ।
६ जना खुल्ला सदस्यहरुमा लक्ष्मी कमली (१८९), विमल आचार्य (२१०), प्रेम कुमार शर्मा (२००), देशबन्दु सिग्देल (२०७), सुभद्रा आचार्य (२०४) र पार्वती पोखरेल (२०३) मत प्राप्त गर्दै विजयी भए ।
जेष्ठ २५ गते नगरको दोस्रो अधिवेशनको उद्घाटन भएपश्चात सहमतिका लागि भन्दै नेताहरुले करिव १० दिनसम्म निर्वाचनको समय लम्वाएका थिए । लामो समयसम्म पनि उमेदवारहरुका विचमा सहमती जुट्न नसकेपछि बिहिवार मतदान मार्फत नेतृत्व चयन गरिएको हो ।