×

गैँडाकोट । नेकपा एमाले गैँडाकोटको लेखा आयोगको अध्यक्षमा श्रीहरि चालिसे निर्वाचित भएका छन् । लेखा आयोगको अध्यक्षमा निर्वाचित चालिसे एमाले गैँडाकोटको अध्यक्षमा उमेदवारी दिएका कृष्ण कंडेल समूहका हुन् ।

एमाले गैँडाकोटको दोस्रो अधिवेशन अन्तर्गत निर्वाचन प्रकृयामा जानको लागि लेखा आयोगको अध्यक्ष पदमा उमेदवारी दिएका सिजन पराजुली र भोजेन्द्र पौडेलले उम्मेदवारी फिर्ता लिएपछि चालिसे निर्विरोध निर्वाचित भएका हुन् । चालिसे सर्वसम्मत निर्वाचित भएपनि निर्वाचन समितिले आधिकारिक घोषणा भने पछि गर्ने बताइएको छ ।

चालिसे नेकपा एमाले गैँडाकोट ८ को अध्यक्ष, राष्ट्रिय बुद्धिजिवी परिषद नवलपुर जिल्ला सदस्य, सहित दर्जनौ सामाजिक संघसंस्थामा कृयाशिल हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया