×

भरतपुर । अर्किड मा वि भरतपुर द्वारा विद्यालय को १३ औ बार्षिकोत्सब को पुर्व सन्ध्यामा विद्यालयमा अध्ययनरत विद्यार्थिद्वारा सिर्जना गरिएका विज्ञान परियोजना कार्य अन्तरगतको प्रस्तुतिहरू एक समारोह वीच प्रदर्शन गरियो।

कक्षा २ देखि ९ सम्ममा अध्ययनरत विद्यार्थिहरुले विभिन्न प्रदर्शनी गरेका थिए। कार्यक्रमलाई प्रतियोगितात्मक बनाउन उत्कृष्ट प्रस्तुतिलाई पुरस्कारको ब्यवस्था गरिएको कार्यक्रम संयोजक एवम विज्ञान विषयका विभागीय प्रमुख निरज महतोले वताउनु भयो। कार्यक्रममा उल्लेख्य मात्रामा विद्यार्थि र अभिभावकको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया