×

गैंडाकोट । नवलपुरको गैंडाकोट इङ्लिस स्कुलको आयोजनामा भएको अन्तर विद्यालय फुटबलको उपाधि ग्रीनल्याण्ड पब्लिक स्कुल भरतपुरले उचालेको छ । फाइनल प्रतिष्पर्धामा गैँडाकोटको मुकुन्दसेन इङ्लिस बोर्डिङ स्कुललाई तीन – शुन्य गोल अन्त्तरले पाखा लगाउदै ग्रीनल्याण्डले उपाधि उचालेको हो ।

खेलको सुरुवात देखिनै आक्रामक देखिएका ग्रीनल्याण्डका खेलाडीहरुले अन्तिम समयसम्म मुकुन्दसेन खेलाडीहरुलाई अघि बढ्न दिएनन् । उपाधिसँगै ग्रीनल्याण्ड स्कुलले २० हजार रुपैया नगद सहित शिल्ड र प्रमाणपत्र प्राप्त गर्यो भने दोस्रो स्थानमा रहेको मुकुन्दसेनले नगद १० हजार रुपैया सहित शिल्ड र प्रमाणपत्रमा चित्त बुझायो ।

गत माघ माघ १८ गतेदेखि जारी स्पोर्ट्स कार्निभलको बिहिवार समापन भएको गैँडाकोट इङ्लिस स्कुलका प्राचार्य हिरालाल अर्यालले जानकारी दिनुभयो ।गैंडाकोट खेलकुद बिकास समितिका अध्यक्ष लक्ष्मण कार्कीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार बितरण तथा समापन समारोहको अध्यक्षता विद्यालयका प्राचार्य हिरालाल अर्यालले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया