×

गैँडाकोट । गैँडाकोट नगरपालिकाको आयोजना र विजय सामुदायिक शिक्षा सदनको व्यवस्थापनमा भएको छैटौं गैँडाकोट नगरस्तरिय राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा जनक नमुना माध्यमिक विद्यालय प्रथम भएको छ ।

मंसिर १९ गतेदेखि सुरु भएको प्रतियोगिताको विजयी बनेको जनक नमुना माध्यमिक विद्यालयले ७ स्वर्ण, ४ रजत, ६ कास्य पदक सहित प्रथम भएको हो भने ६ स्वर्ण, ५ रजत, ५ कास्य पदक सहित सरस्वती निकेतन द्धितिय बन्न सफल भएको छ ।

यस्तै ४ स्वर्ण, ७ रजत, ३ कास्य पदक लक्ष्मी माध्यमिक विद्यालयले तृतिय स्थान हासिल गरेको छ ।

तपाईको प्रतिक्रिया