×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा रहेको मौलाकाली सामुदायिक वन भित्र एक महिलाले आत्महत्या गरेकी छिन् । मौलाकाली फेदीमा रहेको बनभोज स्थल भन्दा तलको खोल्सामा सालको रुपमा झुन्डिएर महिलाले आत्महत्या गरेको प्रहरीले जनाएको छ ।

अपरान्ह ४ वजेतिर बाख्रा चराउन गएका बालकहरुले सालको रुखमा महिला झुन्डिरहेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । अन्दाजी ५० वर्षिया महिलाको यो खबर तयार पार्दासम्म परिचय खुल्न सकेको छैन । शवलाई पोष्टमार्टमका लागि भरतपुर अस्पताल पठाइएको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख हस्त बहादुर सुनारले जानकारी दिए ।

तपाईको प्रतिक्रिया