×

चितवन–चितवन प्रहरीले जिल्लाका विभिन्न स्थानमा गरी ५५ बिघामा लगाइएको गाँजा खेती नष्ट गरेको छ ।चार दिनको अवधिमा राप्ती नगरपालिकाका विभिन्न स्थानमा लगाइएको गाँजा खेती नष्ट गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ६५ जनाको प्रहरीको टोलीले कात्तिक १९ गते राप्ती नगरपालिका–१२, स्थित तिरुवा, वाकराङ, पर्खालको तल्लको भेग, माथिल्लो भेग एउरालीटार, बिहीटारलगायत विभिन्न स्थानमा ६ बिघा, २० गते राप्ती नगरपालिका–१२ र १३ स्थित सर्लिङ, चिउँदिन, खान डाँडा, सिमल महल खोला, पोमकिन, कालिटारलगायत विभिन्न स्थानका २३ बिघा, सोही दिन राप्ती १२ र १३ का गाल्चन, हिलेपानी, देवीटार च्योदिङको तल्लो र माथिल्लो भेग, भञ्ज्याङको तल्लो भेगलगायत विभिन्न स्थान गरी २५ बिघासहित कुल ५५ बिघा गाँजाखेती फडानी गरिएको हो ।

तपाईको प्रतिक्रिया