×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा एक युवतीले आत्महत्या गरेकि छन् । बुलिङटार गाउँपालिका वडा नं. ३ चम्घा स्थायी घर भै हाल गैँडाकोट नगरपालिका वडा नं. २ धौलागीरी टोल बस्दै आएकी २१ वर्षिया रचना कुमालले आफ्नै कोठामा आत्महत्या गरेकि हुन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार आज दिउसो साढे २ वजेतिर कोठामै सलको पासो लगाएर उनले आत्महत्या गरेकि हुन् । प्रहरी निरिक्षक हस्तबहादुर सुनारका अनुसार परिवारका सदस्यहरु आइनपुगेको कारणले उनको शव पोष्ट मार्टमका लागि अस्पताल तर्फ लगिएको छैन । साँझ ७ वजेसम्म कुमालको शव झुण्डिरहेकै अवस्थामा कोठामा छ ।

भरतपुरको मैयादेवी कन्या कलेजमा स्नातक तह प्रथम बर्षमा अध्ययनरत कुमालले किन आत्महत्या गरिन् भन्ने विषयमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । रचना गैँडाकोट २ हरेराम मार्ग स्थित बाबुराम भट्टराईको घरमा २७ दिन अघि मात्रै कोठा भाडामा लिएर बस्न सुरु गरेको बुझिएको छ । चार सन्तानहरुमध्ये रचना घरकी कान्छी छोरी हुन् ।

तपाईको प्रतिक्रिया