काठमाडौँ । सरकारले सहसचिव द्वय राधिका अर्याल र विश्वबाबु पुडासैनीलाई सचिवमा बढुवा गरेको छ ।बिहीवार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरवारमा बसेको मन्त्रिपरिषद् बैठकले प्रशासनतर्फ अर्याल र प्राविधिक तर्फ पुडासैनीलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले बताए ।
लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा मङ्गलवार सिंहदरवारमा बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि सहसचिव त्रय राधिका अर्याल, चूडामणि पौडेल र डा. हरिप्रसाद लम्सालको नाम सिफारिस गरेको थियो ।





















उज्यालो खबर










