
गैँडाकोट । नवलपुरको गैंडाकोट स्थित अक्सफोर्ड कलेज अफ इञ्जिनियरिङ्ग एण्ड मेनेज्मेण्ट (अक्सफोर्ड कलेज) ले बिसिए र बिबिएमा भर्ना भएका २४ औँ ब्याचका विद्यार्थीहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बुधबार विहान कलेजमा आयोजित सो अभिमुखिकरण कार्यक्रममा बिबिए र विसिएको प्रथम सेमेस्टरमा भर्ना भएका ८० जना विद्यार्थी सहित उनिहरुका अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।
अभिमुखीकरण कार्यक्रममा बोल्दै अक्सफोर्ड कलेजका प्रिन्सिपल प्रोफेसर इञ्जिनियर हरि भण्डारीले देशले मागेको जनशक्ति अक्सफोर्डले दिइरहेको बताउनुभयो । विद्यार्थीहरुलाई गुणस्तरिय शिक्षा दिदै विश्व बजारले मागको क्वालीटि उपलव्ध गराउनु हाम्रो प्रमुख उदेश्य हो उहाँले भन्नुभयो-यसका लागि शिक्षक विद्यार्थी र अभिभावकहरु सबैको त्रिकोणात्मक एकता आवश्यक छ ।
कार्यक्रममा सहभागि विद्यार्थी तथा अभिभाकहरुलाई सम्बोधन गर्दै प्रिन्सिपल भण्डारीले आफ्नो बच्चाबच्चीको अवस्था के छ भनेर अभिभाकहरुले पटक पटक ख्याल गर्नुपर्ने बताउनुभयो । कलेजमा भन्दा घरमा विद्यार्थीहरुले बढी समय विताउने भन्दै उहाँले आफ्नो बच्चाको भविष्य अभिभाकहरुको हातमा समेत हुने धारणा राख्नुभयो ।
अभिमुखीकरण कार्यक्रममा सहभागि अक्सफोर्ड कलेजका पूर्व प्राध्यापक तथा विद्यार्थी समेत रहनु भएका दिनेश न्यौपानेले अक्सफोर्ड कलेजको विद्यार्थी भएकै कारण हाल आफुले तेस्रो मुलुकमा पुगेर आर्कषक सेवासुविधा सहितको रोजगारी गरिहेको बताउनुभयो ।
सो अवसरमा कलेजका विभिन्न विषयका प्राध्यापक, कर्मचारी तथा कलेज परिवारका सदस्यहरुसँग परिचयात्मक कार्यक्रम समेत गरिएको थियो । बिबिएका एचओडी डा. मधुसुधन लामिछानेले अभिभावक तथा विद्यार्थीहरुलाई स्वागत मन्तव्य राख्नुभएको अभिमुखीकरण कार्यक्रमको सञ्चालन र सहजिकरण कलेजका सहायक प्रचार्य तिलक पन्थीले गर्नुभएको थियो ।
कलेजले हालैमात्र विद्यार्थीहरुका लागि अत्याधुनिक कम्प्युटर ल्याव तयार गरेको छ ।स्नातक तहमा अध्ययन गर्न आएका विद्यार्थीहरुका लागि नयाँ कम्प्युटर ल्याव प्रयोग गरिन लागेको हो । कलेजसँग यसअघिनै ११६ जना विद्यार्थीहरुले एकैपटकमा प्रयोग गर्न सक्ने कम्प्युटर ल्याव भएपनि सो ल्याव अपुग भएपछि नयाँ विद्यार्थीहरुका लागि आधुनिक ल्याव निर्माण गरिएको हो ।