×

गैँडाकोट । नवलपुरको गैँडाकोट नगरपालिका वडा नं. ११ भेडाबारीस्थित गैँडाकोट नगर अस्पतालमा स्थापित आँखा उपचार केन्द्रमा आजदेखि सेवा शुभारम्भ हुने भएको छ । केन्द्रका लागि आँखा जाँच गर्ने उपकरण लगायत भवन व्यवस्थापन भएपछि आज केन्द्रको उद्घाटन गर्न लागिएको गैँडाकोट नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक माधव आचार्यले जानकारी दिए ।

आँखा उपचार केन्द्रको गैँडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । केन्द्रका लागि आवश्यक भवन अस्पताल परिसरमा रहेको क्यान्टिनलाई मर्मत गरी तयार गरिएको छ । भवनमा आँखा जाँच गर्ने उपकरण, चस्मा, कर्मचारी तथा अन्य व्यवस्थापन पुरा भएको गैँडाकोट नगर अस्पतालका प्रमुख पुष्पराज श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया