
काठमाडौं । गैरआवासीय नेपाली संघको पदभार समूहले आज बालुवाटारसिंह संघको केन्द्रीय कार्यालयभित्र पसेर फोटोसेसन गरेको छ । विजयी टिम कार्यालय छोडेर दशैं मनाउन हिँडेको मौकामा पराजित टिम भित्रिएको हो ।
बालुवाटारमा एउटा भवनको फ्ल्याटमा एनआरएनको हेडअफिस छ । अरु फ्ल्याट अरुले नै भाडामा लिएकाले मुल गेट खुल्ला नै हुन्छ ।पराजित टिमले बनाएको कार्यसमितिका अध्यक्ष आरके शर्मासहितको टीम मुल गेटबाट सरासर भित्र छिर्यो । तर, भित्रका सबै कोठामा ताला लागेका थिए ।