×

गैँडाकोट । नवलपुरको गैँडाकोटमा दसैंका लागि काट्न लागिएको राँगो भागेपछि नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ । गैँडाकोट नगरपालिका वडा नं. २ भृकुटीचोक नजिक आइतबार बिहानै काट्न मार हानेको अवस्थामा राँगो डोरी चुडाएर भागेपछि नियन्त्रणमा लिन गोली चलाउनुपरेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक हस्तबहादुर सुनारले जानकारी दिनुभयो ।

महाअष्ठमीका दिनको अवसर पारी समुदायका सबैजना मिलेर किनेर ल्याएको राँगो काट्ने बेलामा मार हानीसकेपछि डोरी चुडाएर भागेको थियो । भाग्दै गरेको राँगो भृकुटीचोकबाट उत्तरतर्फ झाडीमा पुगेपछि नियन्त्रणमा लिन प्रहरीले  एक राउण्ड गोली चलाएको हो ।रन्थनिएर भागेको राँगोलाई नियन्त्रणमा लिन कठिनाइ भएपछि मानिसलाई आक्रमण गर्न सक्ने र हुनसक्ने क्षति रोक्न गोली हानी मारिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया