×

चितवन । मुग्लिन बजार रहेको गोरखा होटलमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । सोमबार बेलुका एक महिलासँग बास बसेका पुरुष आज बिहान मृत फेला परेका हुन् ।

होटलमा बस्ने समयमा सरिता सुनारको नाम टिपाइएको थियो । उनी महिला फरार रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतक मृतक पुरुषको पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । उनको खोजी कार्य भैरहेको प्रहरीले बताएको छ । मृतकको शव पोष्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ ।

तपाईको प्रतिक्रिया