
गैँडाकोट ।नवलपुरको गैँडाकोटमा प्रहरीले घरेलु रक्सी बरामद गरेको छ । गैँडाकोट नगरपालिका वडा नं। ३ रानीतालबाट प्रहरीले ६२० लिटर घरेलु रक्सी बरामद गरेको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार २ वटा अटोरिक्साहरु मार्फत बिक्रीका लागि ल्याउदै गरेको अवस्थामा घरेलु रक्सी बरामद गरिएको हो ।बरामद भएको सो रक्सीलाई इलाका प्रहरी कार्यालय गैँडाकोटमा राखिएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी बेद बहादुर पौडेलका अनुसार बरामद भएको रक्सीलाई आजै नष्ट गर्ने तयारी छ ।नेपाल मगर संघ गैँडाकोटले घरेलु रक्सी बेच्न पाउनुपर्ने माग राख्दै यसअघि भदौ १५ गते गैँडाकोट नगरपालिकामा ज्ञापनपत्र बुझाएको थियो ।