
चितवन । खाना पकाउने ग्यास र पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीहरुले चितवनको भरतपुरमा विरोध प्रदर्शन गरेका छन् ।‘मूल्यवृद्धि फिर्ता गर’, ‘महंगी नियन्त्रण गर’, ‘भ्रष्ट सरकारको उपहार चाडपर्वमा मूल्यबृद्धिको बहार’लेखिएका प्लेकार्ड बोकेर अनेरास्ववियु चितवनले चोविसकोठीमा सांकेतिक विरोध प्रर्दशन गरेको जिल्ला अध्यक्ष हरि आचार्यले बताए ।
शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेपछि सर्वत्र विरोध भएको छ । त्यस्तै हवाइ इन्धन आन्तरिक र अन्तर्राष्ट्रिय दुबैमा प्रतिलिटर ८ रुपैयाँ बढाइएको छ । यो वृद्धिसँगै ग्यासको मूल्य प्रतिसिलिण्डर २११० रुपैयाँ पुगेको छ ।