×

गैँडाकोट ।  अभियान कृषि सहकारी संस्था लिमिटेड गैँडाकोटको अध्यक्षमा राजु सापकोटा चयन हुनु भएको छ । संस्थाको आज भएको १० औँ साधारणसभा तथा चौथो विशेष नेतृत्व चयन मार्फत सापकोटाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।

संस्थाको उपाध्यक्षमा गुणाखर रेग्मी, सचिवमा अर्जुन पराजुली, कोषाध्यक्षमा अञ्जु नेउपाने र सहसचिवमा कमल नारायण नेउपाने रहनुभएको छ । त्यसैगरी कार्यसमितिका सदस्यहरुमा झलककाजी पौडेल, मन्दिरा आचार्य, सिर्जना खराल, भक्तीराम अर्याल, प्रदिप चौधरी, रेखा पौडेल रहनुभएको छ ।

भेलाले खुमनाथ पौडेलको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिती गठन गरेको छ समिति सदस्यमा प्रलेस पौडेल र शोभा सुबेदीलाई सर्वसम्मत रुपमा चयन गरेको छ ।

कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं ८ का अध्यक्ष प्रेम सापकोटा, अभियान कृषि सहकारीका केन्द्रीय सदस्य बिन्दमाया गैरे, विष्णुमाया पन्थी,गैँडाकोट नगरपालिका सहकारी शाखाका प्रमुख देवेन्द्र गौतम, किसान साकोसका अध्यक्ष श्रीहरि चालिसे लगायतले बोल्नुभएको थियो ।

तपाईको प्रतिक्रिया