×

गैँडाकोट । नेकपा (एमाले)गण्डकी प्रदेशको असोज १५ गतेदेखि सुरु हुने प्रथम प्रदेश अधिवेशनको लागि नवलपुरबाट सर्वसम्मत प्रतिनिधिहरु छनौट गरिएको छ । जिल्लाका ८ वटै पालिकाहरुबाट सर्वसम्मत प्रतिनिधिहरु छनौट भएको नेकपा (एमाले) नवलपुरले जनाएको छ ।पार्टीका जिल्ला अध्यक्ष मुक्तिराम पाण्डेले जिल्लाका सबै पालिकाहरुबाट सर्वसम्मत रुपमा १०९ जना प्रतिनिधिहरु  छनौट गरिएको छ ।

गैँडाकोट नगरपालिकाबाट २० जना, देवचुली नगरपालिकाबाट १९जना , कावासोती नगरपालिकाबाट २९जना , मध्यविन्दु नगरपालिकाबाट १७ जना , विनयीत्रिवेणी गाउपालिकाबाट १० जना , बुलिगंटार गाउपालिकाबाट ५जना , बौदीकाली गाउपालिकाबाट ५ जना र हुप्सेकोट गाउपालिकाबाट ४ जना प्रतिनिधिहरु छनौट गरिएको हो ।असोज १५ गते हुने प्रथम प्रदेश अधिवेशनमा जिल्लाबाट छनौट भएका सवै प्रतिनिधिहरुले चुनाव भएको अवस्थामा मतदान गर्नेछन् ।

असोज १५ गते पोखराको अमरसिहंचोकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एक भव्य समारोहका विच प्रदेश अधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । असोज १५ गते उद्घाटन सकिएपछि असोज १६ गते राष्ट्रिय सभागृहमा बन्दसत्र सुरु हुने र निर्वाचनको प्रकृया सुरु गर्ने नेकपा एमाले गण्डकी प्रदेशले जनाएको छ ।

 

 

तपाईको प्रतिक्रिया