
गैँडाकोट । गैँडाकोट नगरपालिकाले ९ जना नगर प्रहरी माग गरेको छ । नगरपालिकाले सोमबार सूचना प्रकाशित गरेर खुल्ला प्रतियोगिताको माध्यमबाट करार सेवामा नगरप्रहरी राख्न लागिएको जनाएको छ । नगर प्रहरी सहायक निरीक्षक खुल्ला (१) , नगर प्रहरी हवलदार पुरुष (१), नगर प्रहरी हवलदार महिला (१), नगर प्रहरी जवान पुरुष (४) र नगर प्रहरी जवान महिला (२) गरि ९ जना नगरप्रहरी राख्ने तयारी नगरपालिकाले गरेको हो ।
नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालद्धारा जारी सूचनामा यहि असोज २२ गते कार्यालय समयभित्र योग्यता पुगेका इच्छुक नेपाली नागरिकले दरखास्त दिन सक्ने जनाइएको छ । शारिरिक परिक्षण, लिखित परिक्षा र अन्र्तवाताको माध्यमबाट नगरप्रहरी छनौट गरिने सूचनामा उल्लेख छ ।
हेर्नुहोस् सूचना