×

गैँडाकोट । मौलाकाली सामुदायिक वन उपभोक्ता समूह गैँडाकोटको आयोजनामा आर्थिक वर्ष २०८०।८१ का लागि निती तथा कार्यक्रम तर्जुमा गोष्ठी शुक्रबार सम्पन्न भएको छ ।

सामूदायिक वनका अध्यक्ष हरिप्रसाद सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष कमलप्रसाद कंडेलले आर्थिक वर्ष २०८०।८१ का लागि १ करोड ४८ लाख रुपैँया बराबरको बजेट प्रस्तुत गर्नुभएको थियो ।

चुहारखोला ताल निर्माण, कृषि सिचाई, विउ वितरण, विपन्न महिलाहरुको लागि सामुहिक फलफुल खेती, स्वास्थ्य विमा, महिला उद्यमशिलता लगायतका विभिन्न शिर्षकमा बजेट खर्च गर्ने सामूदयिक वनको योजना रहेको छ ।

निती तथा कार्यक्रम तर्जुमा गोष्ठी कार्यक्रममा गैँडाकोट नगरपालिका वडा नं. १ का अध्यक्ष सुरेन्द्र रेग्मी, गैँडाकोट सव डिभीजनका प्रमुख सूर्यसिङ गुरुङ्ग, मौलाकाली मन्दिरका अध्यक्ष शालिकराम सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया