
चितवन । चितवन अटोमोबाइल्स एशोसिएसनमा दुई प्यानल बनाएर चुनावी प्रतिस्पर्धा हुने भएको छ । आज हुन लागेको संस्थाको २२औँ साधारणसभा तथा १२औँ अधिवेशनमा दुई प्यानल बनाएर भिड्न लागेका हुन् ।१९ सदस्य चयन रहने समितिमा दिपमणि पाठक र कुल बहादुर क्षेत्रीको नेतृत्वमा प्यानल बनेको छ ।
‘अग्रजको सल्लाह, युवाको जोश, संस्थागत गतिशिलता, सकरात्मक सोच’ भन्ने नाराका साथ पाठकले आफ्नो प्यानलको घोषणा गरेका छन् । पाठकको प्यानलमा प्रथम उपाध्यक्ष भिमप्रसाद सुवेदी, द्धितीय उपाध्यक्षमा प्रशान्त पौडेल, तृतीय उपाध्यक्षमा देवी प्रसाद बराल, सचिवमा मोहन केसी, कोषाध्यक्षमा पुर्णभद्र सापकोटा, सह–सचिवमा राजाराम सापकोटा, सह–कोषाध्यक्षमा वाचस कट्टेलले उमेद्वारी दिएका छन् ।
त्यस्तै सदस्यमा बिकास चन्द्र घिमिरे, वसन्त देवकोटा, सुस्मिता शाह, जोगेन्द्र प्रधान, विकास रिजाल, हिमांशु जोशी र क्षेत्रगत सदस्यमा रस्किन अधिकारीको उम्मेदवारी परेको छ । पाठक प्यानलका तृतीय उपाध्यक्ष देवी प्रसाद बराल र क्षेत्रगत सदस्य रस्किन अधिकारी निर्विरोध निर्वाचित भएका छन् । यस पटक पाठक नेतृत्वको टिम बलियो देखिएको छ ।
कुल बहादुर क्षेत्रीले नेतृत्व गरेको प्यानलबाट प्रथम उपाध्यक्षमा राजेन्द्र भट्टराई, द्धितीय उपाध्यक्षमा जीत बहादुर सेढाई ९विष्णु०, तृतीय उपाध्यक्षमा देवी प्रसाद बराल, सचिवमा पुरुषोत्तम पौडेल, कोषाध्यक्षमा रामशरण भट्टाई सह–सचिवमा अविनास श्रेष्ठ, सह–कोषाध्यक्षमा विक्स पियाले उमेद्वारी दिएका छन् । क्षेत्री नेतृत्वको सदस्यमा दिपकप्रसाद कंडेल, किरण सापकोटा, तोयानाथ घिमिरे, अनिलकुमार चौधरी, विमल पौडेल प्रविण गौतम र चिरञ्जीवि अर्याल रहेका छन् ।
चितवन अटोमोबाइल्स एशोसिएसनमा १४ जना खुल्लाबाट निवार्चित भएर आउँछन् । दुई जना सदस्य निर्वाचित कार्यसमितिले चयन गर्नेछ ।