
गैँडाकोट । देवघाटधाममा नुहाउने क्रममा डुबेर एक पुरुष वेपत्ता भएका छन् । भरतपुर महानगरपालिका वडा नं. ७ बुद्धचोक घर भएका ३५ वर्षका विशाल मल्ल नदीमा नुहाउने क्रममा डुवेर वेपत्ता भएको चितवन प्रहरीले जनाएको छ ।
अपरान्ह साढे ४ वजे नदीमा डुवेर वेपत्ता भएका मल्लको खोजीकार्य भैरहेको र हालसम्म अवस्था पत्ता लाग्न सकेको छैन । यस अघि हिजो
दिउसो नारायणी नदीमा डुवेर गैँडाकोटका एकैघरका २ बालकको ज्यान गएको थियो ।