×

गैँडाकोट । पूर्वी नवलपरासीको गैँडाकोटमा एक युवकले घरकै कोठामा पासो लगाइ आत्महत्या गरेका छन् । गैँडाकोट नगरपालिका वडा नं. ४ झपर्दी घर भएका १९ वर्षका सागर सुनारले आफ्नै घरमा आज मध्यान आत्महत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका अनुसार आफु सुत्ने कोठामा सिलिङ पंखामा डोरीको पासो लगाइ सुनारले आत्महत्या गरेका हुन् । कोठामा झुन्डिरहेको देखेपछि उनलाई आफन्तले तत्काल उद्धार गरि उपचारको लागि चितवन मेडिकल कलेज भरतपुर लगेकोमा मध्यान्न साढे १२ वजे चिकित्सकले मृत घोषणा गरेका थिए ।

तपाईको प्रतिक्रिया