×

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले नेपाली कांग्रेसभित्रको चरम गुटबन्दी रोक्ने सामर्थ्य आफूसँग मात्र भएको बताएका छन् ।उनले गुटगत विभाजन रोक्न नसके कांग्रेस अझै ठूलो समस्यामा पर्ने बताए ।

नेपाल प्रेस युनियन रामेछापले आज आयोजना गरेको पत्रकार भेटघाटमा उनले सो कुरा बताएका हुन् ।उनले वर्षात सकिएलगत्तै देश दौडाहामा जाने भन्दै आम कार्यकर्ताले कांग्रेस कस्तो भएको हेर्न चाहन्छन् भनेर बुझ्ने बताए ।डा कोइरालाले राजनीतिक मुद्दालाई अदालतमा लैजानु गलत भएको भन्दै कोशी प्रदेशमा सबै दलहरू मिल्नुको विकल्प नभएको पनि बताए ।

नेपालका लागि चिनियाँ राजदूतले दिएको सार्वजनिक अभिव्यक्तिको प्रसंगमा उनले त्यसलाई कूटनीतिक मर्यादाविपरीत भएको भन्दै सरकारले नोटिसमा राख्नुपर्ने बताए ।कोइरालाले चीन र भारत दुवै मित्र भएकाले काठमाडौंमा रहेर एकले अर्काको बारेमा टिप्पणी गर्नु गलत हुने बताए ।

तपाईको प्रतिक्रिया