×

गैँडाकोट। पूर्वी चितवनको राप्ती नगरपालिका–३ झुरझुरेमा आज बिहान करिब ६ः२५ बजेको समयमा दुइ ट्रक आपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भण्डाराबाट पूर्वतर्फ जादै गरेको प्रदेश २–३–००२ ख ५६०९ नम्बरको ट्रक र विपरित दिशाबाट आउदै गरेको ना ३ ख ५४८८ नम्बरको ट्रक झुरझुरेस्थित बासुकी पेट्रोल पम्प अगाडि ठोक्किएका हुन् ।

चालक जिल्ला नवलपुर गैडाकोट नगरपालिका–१ बस्ने ४३ वर्षको प्रकाश कुंवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । दुर्घटनाबाट गम्भिर घाइते भएका कुँवरको चितवन मेडिकल कलेजमा उपचारको क्रममा विहान ७ः१५ बजे मृत्यु भएको पण्डितले बताए ।

उनका अनुसार प्रदेश २–३–००२ ख ५६०९ नम्बरको ट्रकका चालक जिल्ला बारा निजगढ ४ बस्ने बर्ष २८ को निकेश राउत कुर्मीको स्थानीय अस्पताल र सहचालक जिल्ला रौतहट बौधिमाई–२ बस्ने १८ वर्षको रबिन कुमार यादवको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ ्र कुर्मीको अवस्था सामान्य छ भने यादवको घुंडा, धाड र हातमा चोट लागेको छ ।

तपाईको प्रतिक्रिया