×

गैँडाकोट । नेपाल बुद्धिजीवी परिषद गैँडाकोट नगर कमिटीको अध्यक्षमा दण्डपाणी सिग्देल चयन भएका छन् । परिषदको आज सम्पन्न तेस्रो नगर अधिवेशनले सिग्देलको अध्यक्षतामा ११ सदस्यीय नयाँ कमिटी गठन गरेको हो ।

कमिटीको उपाध्यक्षमा चन्द्रप्रसाद पराजुली सचिवमा अनिल ढकाल, कोषाध्यक्षमा कमला दुवाडी र सहसचिवमा हरिप्रसाद सिग्देल चयन हुनुभएको नवनिर्वाचित सचिव अनिल ढकाललले जानकारी दिए । पदाधिकारी र सदस्यहरु सबैजना सर्वसम्मत चयन गरिएको हो ।

नगर अधिवेशनको उद्घाटन शत्रमा नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, नेपाल बुद्धिजीवी  परिषदका केन्द्रीय सदस्य बिष्णुप्रसाद लम्साल, गण्डकी प्रदेश सदस्य भोजराज दाहाल, जिल्ला अध्यक्ष केशव घिमिरे लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया