×

चितवन  । चितवनमा बोलेरोको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज अपरान्ह ३ः३० बजेको समयमा भरतपुर महानगरपालिका १५ जानकी चोकमा ना ३ च ११९ नम्बरको बोलेरोले बा ८५ प ३६२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।

बोलेरोको ठक्करबाट मोटरसाइकल चालक भरतपुर महानगरपालिका १५ बस्ने ५० वर्षीय विरेन्द्र राउतको मृत्यु भएको छ । बोलेरोको ठक्करबाट घाइते राउतको चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

मोटरसाइकल पछाडि सवार सोही ठाँउका ४१ वर्षीय राजकुमार नेपाली घाइते हुनुभएको छ । उहाँको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । ठक्कर दिने बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । मृतक राउतको शव पोष्टमाटमका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।

तपाईको प्रतिक्रिया