×

सुर्खेत । दैलेखमा मनकामना ग्यास सिलिन्डर बोकेको ट्रक दुर्घटना भएको छ । ट्रक दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।बुधवार नेपालगन्जबाट दैलेख जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी एवम् प्रहरी नायव उपरीक्षक किशोर लम्सालले जानकारी दिएका छन् ।

ट्रकमा सवार चालक, सहचालक गरी तीन जनाको मृत्यु भएको लम्सालले जनाएका छन् ।मृतकको पहिचान खुल्न सकेको छैन । ट्रक सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेको छ ।

तपाईको प्रतिक्रिया