
गोरखा । चितवनको नारायणगढमा मुख्य कार्यालय रहेको इमेज इन्स्टिच्यूटले गोरखाको महेन्द्रज्योति माध्यमिक विद्यालयका ८० जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री (कलम र डायरी ) वितरण गरेको छ । गोरखा नगरपालिका वडा नं. ६ दरबारमार्ग स्थित श्री महेन्द्रज्योति माध्यमिक विद्यालयका कक्षा १२ का ८० जना विद्यार्थीहरुलाई सम्झनाको चिनो स्वरुप ईमेजको परिचय खुल्ने डायरी र कलम प्रदान गरिएको ईमेज इन्स्टिच्यूटका प्रबन्ध निर्देशक मोहन बुढाथोकीले बताउनुभयो ।
इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा इमेजका निर्देशक सुजिना बुढाथोकी, गोराखा शाखाका प्रमुख आशिका रसाईली, बजार शाखा प्रमुख अच्युत खत्री, सहयोगी भगवती थापा सहित विद्यालयका शिक्षक तथा कर्मचारीहरु अतिथिको रुपमा रहनुभएको थियो ।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि एवंम् समाजसेवी इमेज इन्स्टिच्यूटका प्रवन्ध निर्देशक मोहन बुढाथोकीले आगामी बैशाखमा हुने परिक्षाको राम्रो तयारी गर्दै सफल हुन कक्षा १२ का विद्यार्थीहरुलाई शुभकामना दिनुभयो । विगतका दिनहरुमा जस्तै इमेजले समाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै सरकारी विद्यालयका विद्यार्थीहरुलाई सहयोग गरेको बताउनुभयो ।
ईमेजका निर्देशक सुजिना बुढाथोकीले गोरखामा आएर विद्यार्थीहरुसँग खुसी साट्न पाएको भन्दै आगामी दिनमा समेत महेन्द्रज्योति माविका विद्यार्थीहरुलाई इमेजले सहयोग गर्ने बताउनुभयो । इमेजले १० वर्षदेखि गोरखामा रहेर यहाँका विद्यार्थीहरुको मन जित्न सफल भएको भन्दै उहाँले यसलाई आगामी दिनमा अझै फराकिलो बनाएर अगाडि बढ्ने योजना रहेको धारणा राख्नुभयो । इमेजले यस अघि महेन्द्रज्योति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको थियो ।
“विद्यार्थीसँग इमेज र इमेजसँग विद्यार्थी” भन्ने नाराका साथ चितवन र गोराखामा रहेका विभिन्न सरकारी विद्यालयका कक्षा १२ का विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलव्ध गराउँदै आएको छ ।
विगत १८ वर्षदेखि निरन्तर सञ्चालित इमेजले गोराखामा १० वर्षदेखि निरन्तर सेवा दिदै आएको छ । जापान पठाउने गोरखाको पहिलो शैक्षिक संस्था ईमेज सत्यतथ्य परामर्श तथा दक्ष भाषा प्रशिक्षक र अनुभवि परामर्शदाताका कारण विद्यार्थीहरुमाझ लोप्रपिय बन्न सफल भएको छ ।चितवनको नारायणगढ स्थित शहिदचोकमा मुख्य कार्यालय रहेको इमेजका चनौली, मेघौली, माडी र गोरखाको हरमटारीमा शाखा कार्यालयहरु रुहेका छन् ।