
चितवन । ‘कालोमोसो’दस्ताका केन्द्रीय संयोजक शम्भु थापाको रिहाइको माग गर्दै जिल्ला प्रशासन कार्यालय चितवनमा ज्ञापनपत्र बुझाइएको छ ।राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउ माहाअभियान चितवनले सीडीओ सुरेन्द्र पौडेललाई माग सहितको ज्ञापनपत्र आज बुझाएको हो ।
ज्ञापनपत्र बुझाउँदै माहाअभियान चितवनका अभियन्ता मेघराज पौडेलले २४ घण्टाभित्र थापालाई रिहा गर्न आग्रह गरे । उनले भने, ‘नेपालमा रहेका सम्पूर्ण बैँक, लघुबित्त, आज सर्वहारा वर्ग तथा मध्यम वर्गीय व्यापारीहरु चर्को व्याजदरको मारमा परी दैनिकजसो नेपाली नागरिकले डोरीको पासो लगाइ, बिष सेवन गरी आफ्नै शरीरमा पेट्रोल छर्की आत्मदाह गरेको हामीले देख्छौं ।
तसर्थ राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाऊ महाअभियानका अभियन्तालाई २४ घण्टा भित्र बिना शर्त तत्काल रिहा गर्न प्रमुख जिल्ला अधिकारी मार्फत् अनुरोध गर्दछु ।’ थापालाई रिहा नगरे आन्दोलनमा उत्रने चेतावनी समेत माहाअभियानले दिएको छ ।प्रमुख जिल्ला अधिकारी पौडेलले ज्ञापनपत्र बुझ्दै गृह मन्त्रालयमा आझै पत्र पठाउने जानकारी दिए ।