
चितवन । सामुदायिक वनमा स्याउला काट्न गएका माडी-६ का अर्क बहादुर खत्रीको रूखबाट खसेर मृत्यु भएको छ ।
माडी-६, लक्ष्मीनिवास निवासी वर्ष ५६ का अर्क बहादुर खत्रीको रुखबाट खसेर निधन भएको हो । बुधबार दिउँसो १ बजेको समयमा घर नजिकैको कल्याणपुर मध्यवर्ती सामुदायिक वनमा स्याउला काट्न गएका खत्री रुखबाट खसेका थिए ।
रूखबाट लड्दा टाउको फुटेर गम्भीर घाइते भएका उनको उपचारका लागि बघौडा अस्पताल ल्याउने क्रममा बाटोमा नै निधन भएको ईलाका प्रहरी कार्यालय माडीका प्रमुख सन्तोष खड्काले जानकारी दिनुभयो ।