Month: March 2023

हुप्सेकोटको प्रमुख प्रशासकीय अधिकृतमा घिमिरे

हुप्सेकोटको प्रमुख प्रशासकीय अधिकृतमा घिमिरे
गैँडाकोट । हुप्सेकोट गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा टंक घिमिरे आउनुभएको छ । सूचना तथा प्रशारण विभागमा कार्यरत घिमिरे विहिवारदेखि हुप्सेकोटमा हाजिर हुनुभएको हो । पत्रकारसँग कुरा गर्दै उहाँले हुप्सेकोटको विकास र समृद्धिका लागि गाउपालिका अध्यक्ष र स्थानीय जनताहरुसँग मिलेर काम गर्ने बताउनुभयो ।गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बस्यालको जिल्ला समन्वय समितिमा सरुवा भएको छ ।

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद बिस्तार गर्ने

प्रधानमन्त्रीले आज मन्त्रिपरिषद बिस्तार गर्ने
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।बिस्तारका लागि मन्त्रालय भागबन्डा र दलहरूसँग नाम मागिरहेका प्रधानमन्त्रीले दलहरूले मन्त्री हुनेहरूका नाम दिनेबित्तिकै मन्त्रिपरिषद बिस्तार गर्ने तयारी गरेका छन्। प्रधानमन्त्री दाहालले बिहीबार साँझ नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलगायत दलहरूसँग पनि बैठक गरेका थिए।उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री दाहालले बि...

एसईई परीक्षा आजदेखि, बागमती प्रदेशमा सबैभन्दा धेरै परीक्षार्थी

एसईई परीक्षा आजदेखि, बागमती प्रदेशमा सबैभन्दा धेरै परीक्षार्थी
काठमाडौं । माध्यमिक शिक्षा परीक्षा ९एसईई० आजदेखि सुरु हुँदै छ । परीक्षा बिहान आठ बजेदेखि सुरु हुनेछ ।चैत २९ गतेसम्म चल्ने यस वर्षको एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी हुन लागेका छन् । परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार यस वर्ष जापानबाट पनि १४ परीक्षार्थीहरु एसईईमा सहभागी हुनेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीका छोराछोरीहरुले जापानबाटै परी...

फागुन १ हिंसा दिवस हो, सार्वजनिक बिदा दिए क्यालेण्डरबाट हटाउँछौँः ओली

फागुन १ हिंसा दिवस हो, सार्वजनिक बिदा दिए क्यालेण्डरबाट हटाउँछौँः ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन १ गते हिंसा दिवस भएको भन्दै त्यसलाई राष्ट्रिय उत्सवका रुपमा बिदा दिइएको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा उनले अबदेखि वार्षिक क्यालेण्डरका रुपमा रहनेगरी निर्णय भएको जानकारी पाएको भन्दै सार्वजनिक बिदाका रुपमा राखिए क्यालेण्डरबाट हटाउने चेतावनी दिए। गत फागुन १ गते सरकारले जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिएको थियो। सरकारले दिएको बिदाप्रति ओलीले कटाक्ष गरेका हुन्।माओ...

गैँडाकाेटकाे भूजेल गाउँमा शैक्षिक सामाग्री र लत्ताकपडा वितरण

गैँडाकाेटकाे भूजेल गाउँमा शैक्षिक सामाग्री र लत्ताकपडा वितरण
गैँडाकाेट। गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोर्स विगबजार नारायणगढले शैक्षिक सामाग्री, लत्ता कपडा वितरण तथा भोजन गराएको छ। स्वर्गीय सन्तोष घिमिरेको स्मृतिमा श्री जुना पूर्व प्राथमिक विद्यालय गैँडाकाेट ३ का ४३ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो । यस्तै जगन्नाथ टोल विकास संस्थाका दुई सय जना भन्दा बढीलाई लत्ताकपडा वितरण गरेको छ । यस्तै करिब २५० जानालाई खाना पनि खुवाईएको गेट वे मेन्स एसोसेरिज र चेन क्लोथिङ स्टोरर्सका संचालक बिनोद न्यौपानेले जानकारी दिनुभयो ...

कांग्रेस छाड्दै स्वर्णिमले भने- २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु

कांग्रेस छाड्दै स्वर्णिमले भने- २०८० को सुरुवातसँगै नयाँ सार्वजनिक भूमिकामा हुनेछु
काठमाडौं । नेपाली कांग्रेसमा आवद्ध अर्थशास्त्री डा। स्वर्णिम वाग्लेले कांग्रेस पार्टी परित्याग गरेसँगै नेपालको भलो चिताउने नेपालीहरु मिलेर बलियो वैकल्पिक लोकतान्त्रिक शक्तिको निर्माण गर्नुपर्ने बताएका छन् ।पार्टी परित्यागको घोषणा गर्दै उनले सुशासनको जगमा स्वच्छ लोकतन्त्र र आर्थिक उन्नतिको एजेण्डा बोक्दै २०८० को सुरूवातसँगै नयाँ सार्वजनिक भूमिकामा सक्रिय हुने बताए । उनले सामाजिक सञ्जालमा पार्टी छाडेको घोषणा गर्दै लेखेका छन्, ‘अब कांग्रेस-कम्युनिष्टका असल मानिसहरु, दलमा आबद्...

चितवन २ मा मैले चुनाव जित्छु : जितनारायण श्रेष्ठ

चितवन २ मा मैले चुनाव जित्छु : जितनारायण श्रेष्ठ
 काठमाडौं । चितवनका नेपाली कांग्रेस नेता जीतनारायण श्रेष्ठले वैशाख १० गते हुने उपनिर्वाचनमा आफूले जित्ने दाबी गरेका छन् ।बिहीबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले नेता श्रेष्ठलाई चितवन–२ बाट उम्मेदवार बनाउने निर्णय गरेको थियो । त्यसपछि पत्रकारहरुसँग कुरा गर्दै उनले ४ मंसिरमा रवि लामिछानेको पक्षमा देखिएको माहोल अहिले नरहेको बताए । ‘मंसिरको निर्वाचनमा चितवनमा पनि स्वभाविक रुपमा हावाहुरी आएको थियो । त्यो हावाहुरी जसले लिएर आयो, त्यो मान्छे आफैँ अहिले जनताको बीचमा ...

शुद्धोधन गाउँपालिकाका हाकिम र वडाध्यक्ष घुससहित पक्राउ

शुद्धोधन गाउँपालिकाका हाकिम र वडाध्यक्ष घुससहित पक्राउ
काठमाडौं । रूपन्देही शुद्धोधन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष र बिचौलिया ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका छन्।अख्तियार दुरूपयोग अनुसनधान आयोगले बिहीबार उनीहरू ५० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा पक्राउ गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए। प्रमुख प्रशासकीय अधिकृत अनन्तपाणि मरासिनी, वडा नम्बर ७ का वडाध्यक्ष भीमबहादुर यादव र बिचौलिया विनोद भर पक्राउ परेका हुन्।उत्खनन् गरी घाटगद्दीमा रहेको नदीजन्य पदार्थ बिक्री आदेशको म्याद थप तथा बिक्री आदेश दिने प्र...

देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन

देश अस्थिरतातर्फ गइरहेको छ: राजेन्द्र लिङ्देन
काठमाडौँ –राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले देश अस्थिरतातर्फ गइरहेको बताएका छन् । आज राम नवमीको अवसरमा काठमाडौँको बत्तिसपुतलीस्थित राम मन्दिरमा दर्शनका लागि पुगेका उनले देश अझै अस्थिरताको बाटोतर्फ जाने बताएका हुन् । उनले व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरूले देशमा स्थिरता नहुने बताए । उनले अहिले देशमा व्यक्ति, पार्टी र सत्ता केन्द्रित गतिविधिहरू बढेको बताए । उनले देशमा शान्ति, स्थायित्वको लागि सरकार स्थिर हुन जरुरी रहे पनि तत्काल स्...