
गैँडाकोट । नवलपरासीको गण्डक नहरमा डुवेर एकैघरका ३ जना बेपत्ता भएका छन् । आफैले जन्म दिएका २ छोराहरुलाई साथमै लिएर हाम फाल्दा आमा र छोराहरु बेपत्ता भएका हुन् ।
सुस्ता गाँउपालिका वडा नं. २ महलबारी बस्ने २९ वर्षीया प्रतिमा थारुले आफ्ना छोराहरु ९ वर्षका क्रिश र ७ वर्षका सुमित थारुलाई लिएर गण्डक नहरमा हाम फालेर बेपत्ता भएको नवलपरासी प्रहरीले जनाएको छ ।
दिउसो २ वजे भएको घटना पश्चात प्रहरीले खोजी कार्य जारी राखेको र हालसम्म अवस्था पत्ता लगाउन नसकिएको जिल्ला प्रहरी कार्यालय नवलपरासीका डिएसपी भोजराज पाण्डेयले जानकारी दिनुभयो ।
मानसिक स्थिति ठिक नभएकी सुमित्राका श्रीमान बैदेशिक रोजगारीको शिलशिलामा भारतमा रहेको प्रहरीले जनाएको छ ।