गैँडाकोट । लागुऔषध मुद्धामा फरार रहेका २ युवालाई गैँडाकोट प्रहरीले पक्राउ गरेको छ । गैँडाकोट नगरपालिका वडा नं. ४ का २२ वर्षका मुनाल गौतम र वडा नं. ८ का २२ वर्षका केविन शर्मा पक्राउ परेका हुन् ।

गतवर्षको भदौ १९ गते लागुऔषध मुद्धामा ६ दिन कैद फैसला भै फरार रहेका उनिहरुलाई घरमै लुकेर वसेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक रिता पौडेलको कमाण्डका पुगेको पाँचजनाको प्रहरी टोलीले उनिहरुलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया