
चितवन । चितवन निर्वाचन क्षेत्र नं. ३ का सांसद तथा शहरीविकास मन्त्री विक्रम पाण्डेले माडी जाने निकुञ्ज भित्रको सडकलाई कालोपत्रे गर्नका लागि चासाे देखाउनुभएको भएको छ ।कच्ची सडकका कारण मानव र बन्यजन्तु दुवैपक्षलाई असर परेको भन्दै मन्त्री पाण्डेले निकुञ्ज भित्रको सडक कालोपत्रेका लागि तत्काल काम अघि बढाउनका लागि सरोकारवला समक्ष छलफल सुरु गर्नुभएको हो ।
राष्टिय निकुञ्ज तथा बन्यजन्तु सरंक्षण विभागका महानिर्देशक डा. महेश्वर ढकालसँग निकुञ्ज भित्रको सडकलाई के कसरी कालोपत्रे गर्न सकिन्छ भनेर छलफल गरेको मन्त्री पाण्डेले बताउनुभयो ।धुलोका कारण मान्छे मात्रै होईन बन्यजन्तु पनि समस्यामा छन् छलफलका क्रममा मन्त्री पाण्डेले भन्नुभयो -“के कसरी हुन्छ कसलाई भन्नु पर्छ कहाँ जानुपर्छ कालोपत्रेको काम तत्काल अघि बढ्नुपर्यो ।”