चितवन । काठमान्डौमा जारी अनेरास्ववियु को २३ औं राष्टिय महाधिवेशनमा चितवनका चर्चित विद्यार्थी नेता लिलाराम पौडेल केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।अनेरास्ववियु विरेन्द्र बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष समेत भैसकेका नेता पौडेल विद्यार्थीहरुमाझ निकै लोकप्रीय समेत छन् ।

नेपाली विद्यार्थी आन्दोलनलाई नयाँ उचाईमा लैजादै विद्यार्थीहरुको हकहितको लागि केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको उनले बताए ।
बाग्मती प्रदेश खुल्ला तर्फ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएको छु-  “सबै विद्यार्थी साथिहरुको साथ र सहयोगले केन्द्रीय सदस्यमा निर्वाचित हुने कुरामा ढुक्क छु नेता पौडेलले भने ।”

२०६० साल देखि बाग्लुङमै विद्यालय स्तरबाटै अखिलको राजनितिमा होमिएका नेता पौडेल क्याम्पसमा विद्यार्थीहरुका समस्याहरु समाधानका लागि खरो रुपमा उत्रने गरेका छन् । अर्थशास्त्र विषयमा स्नातकोत्तर तह अध्ययन गर्दै गरेका उनले अनेरास्ववियु भित्र अध्ययशिल विद्यार्थी नेताको समेत छवि बनाएका छन् ।

तपाईको प्रतिक्रिया