गैँडाकोट।  गैँडाकोटमाआज देखि  राष्ट्रिय स्तरको क्रिक्रेट प्रतियोगिता सुरु हुदैछ । नवजागरण ग्रामीण विकास केन्द्र गैँडाकोट ९ थुम्सीको आयोजनामा आजदेखि फागुन १ गतेसम्म आयोजना हुने ‘दोस्रो गैँडाकोट मेयर कप टी–ट्वान्टी क्रिक्रेट प्रतियोगिताको विहान ११ वजे गैँडाकाेट नगरपालिकाका मेयर मदनभक्त अधिकारीले उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ ।

गण्डकी प्रदेशका ६ जिल्ला तथा नवलपरासी पश्चिम र चितवन सहित विभिन्न आठ जिल्लाबाट खेलाडीहरु ‘दोस्रो गैँडाकोट मेयर कप टि–ट्वान्टी क्रिक्रेट प्रतियोगितामा सहभागी हुँदैछन् । प्रतियोगिताको उद्घाटन खेल नवलपुर र पर्वत विच हुनेछ ।प्रतियोगितामा विजेता टिमले २ लाख र उपविजेताले १ लाख ५० हजार नगद सहित कप,मेडल र प्रमाणपत्र प्राप्त गर्ने नवजागरण ग्रामिण  विकासकेन्द्रका अध्यक्ष रामचन्द्र सापकाेटाले जानकारी दिनुभयाे ।

त्यस्तै अन्य विभिन्न विधा म्यान अफ द सिरिजलाई १० हजार,इमर्जिङ प्लेयरलाई ७ हजार,बेस्ट ब्याट्स म्यान,बेस्ट बलर,बेस्ट किपर,बेस्ट फिल्डरलाई ५/५ हजार र म्यान अफ द म्याचलाई १ हजार पाँच सय नगद सहित कप,मेडल र प्रमाणपत्र प्रदान गरिने प्रतियोगिताका संयोजक विष्णुप्रसाद कंडेलले बताउनुभयो ।

नव जागरण खेलकुद मैदानमा हुने प्रतियोगिताको मुख्य प्रायोजक इनाक्षी इन्टरटेनमेन्ट प्रा लि र सापकोटा ट्रान्सपोर्ट अष्ट्रेलिया रहेको छ भने प्रयोजकमा एम्स एब्रोड एजुकेशन र जयश्री फुड्स प्रालि रहेका छन् । त्यसैगरी कर्मा रेष्टुरेन्ट एण्ड सेकुवा कर्नर,कालिका रिफाइनरी प्रालि, शुभलक्ष्मी सेनेटरी उद्योग , स्मार्ट टेक एग्रो एण्ड बायोइनर्जी र नारायणी सामुदायिक वन उपभोक्ता समूहले सहप्रायोजकको रुपमा सहयोग गरेका छन् ।

 

तपाईको प्रतिक्रिया