Month: January 2023

रवि उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसको दाबी

रवि उम्मेदवार बने हराएर पठाउने चितवन कांग्रेसको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पुन उम्मेदवार भए हराएर पठाउने चितवन कांग्रेसले दाबी गरेको छ ।नेपाली कांग्रेसका चितवन सभापति राजेश्वर खनालले चितवन–२ मा हुने उपनिर्वाचनमा रवि उम्मेदवार भए कांग्रेसका लागि सहज हुने बताए । ‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो । चितवनका मतदाताले बुझिसकें,’ खनालले भने । नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसकेको उनले बताए ।नयाँ दल र रविको तरंगले मतदाता भ्रममा परेपनि उपनिर्वाचनमा उक्त भ्रम तोडिने खन...

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ : प्रधानमन्त्री

फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय लिन्नँ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रवि लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सर्वोच्च अदालतबाट फैसलाको पूर्ण पाठ नआएसम्म गृह मन्त्रालयको नेतृत्वबारे निर्णय नगर्ने बताएका छन् । मंगलबार पार्टीको स्थायी कमिटी बैठकमा उनले गृह मन्त्रालयबारे तत्काल निर्णय नगर्ने जानकारी गराएका हुन् । उपाध्यक्ष कृष्णबहादुर महराले भने, ‘अदालतको फैसलाको पूर्णपाठ नआउँदासम्म गृह मन्त्रालयबारे निर्णय हुँदैन, प्रधानमन्त्रीसँगै रहन्छ ।’ रवि लामिछानेले अमेरिकी नागरकता त्यागेपछि नेपाली ना...

प्रचण्डलाई माधव नेपालको ज्ञापन पत्र: जनतालाई बाँच्न धौ-धौ भो, महँगी नियन्त्रण गर्नुस्

प्रचण्डलाई माधव नेपालको ज्ञापन पत्र: जनतालाई बाँच्न धौ-धौ भो, महँगी नियन्त्रण गर्नुस्
काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ।आज बालुवाटार पुगेर एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशको अर्थतन्त्र गम्भीर संकटतर्फ उन्मुख भइरहेको र जनतालाई बाँच्नसमेत धौ(धौ भइरहेको भन्दै ज्ञापन पत्र बुझाएका हुन्। मजदुर, किसान र सर्वसाधारण जनताले महँगीकै कारण दैनिकजसो आत्महत्या गर्न थालेकोसमेत ज्ञापन पत्रमा उल्लेख छ।बढ्दो महँगी नियन्त्रण गर्नसमेत अध्यक्ष नेपालले प्रधानमन्त्रीसँग माग गरेका छ...

विद्युतीय राहदानी: एक महिनाका लागि अनलाइन बुकिङ खुला

विद्युतीय राहदानी: एक महिनाका लागि अनलाइन बुकिङ खुला
काठमाडौँ–विद्युतीय राहदानीको उपलब्धतालाई सर्वसुलभ र सहज गराउन सोमबारदेखि एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ। राहदानी विभागमा दैनिक एक हजार आठ सय जनाले अनलाइन फारामको इनरोलमेन्टमार्फत बायोमेट्रिकका लागि अवसर पाउने गरेका थिए। अब सेवाग्राहीले आफ्नो समयानुकूल योजना बनाएर इनरोलमेन्टका लागि फाराम भर्न पाउने व्यवस्था गरिएको छ। हरेक दिन एक हजार पाँच सय जनाले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा भर्न पाउने छन्। थप समयमा अग्रिम बुकि...

गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्दै

गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्दै
गैँडाकोट । नवलपुरको गैंडाकोट नगरपालिकाको १२ औं नगरसभा आज बस्ने भएको छ । विहान ११ वजेका लागि बोलाइएको नगरसभामा विभिन्न पाँचवटा ऐनहरु पेश गर्ने कार्यसूचि रहेको नगरपालिकाले जनाएको छ । नगर सभामा गैंडाकोट नगरपालिकाको नगर खेलकुद विकास ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रहरी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको सहकारी ऐन, २०७९, गैंडाकोट नगरपालिकाको नगर प्रज्ञा प्रतिष्ठान ऐन, २०७९ र गैंडाकोट नगरपालिकाको जलस्रोत विकास ऐन, २०७९ पेश गर्ने कार्यसूची रहेको छ । जलस्रोत विकास ऐन, २०७९ पेश गर...

अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ

अस्ट्रेलियामा बिरामीलाई थप्पड हानेको आरोपमा नेपाली नर्स पक्राउ
काठमाडौं । अस्ट्रेलियाको एक नर्सिङ होममा कार्यरत नेपाली नर्स पक्राउ परेकी छन् । नर्सिङ असिस्टेन्टका रुपमा कार्यरत अमृता पाण्डे पक्राउ परेको अस्ट्रेलियाली सञ्चारमाध्यमहरुले जनाएका छन् । नर्स पाण्डेले बिरामीलाई थप्पड हान्नुका साथै ठेलेको आरोप लगाइएको छ । वर्किङ भिसामा एस्टिया हेल्थमा कार्यरत पाण्डेले उमेरले पाका बिरामीको हेरचाह गर्दै आएकी थिइन् । केही बिरामीलाई पाण्डेले पिटेको आरोप लगाइएको छ । नर्सिङ होम्सकै अन्य कर्मचारीको उजुरीका आधारमा पाण्डे पक्राउ परेकी हुन् ।

चितवनकाे लंकुमा लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव हुने

चितवनकाे लंकुमा लक्ष्मीवैकुण्ठनाथ वैदिक विद्या संरक्षण महायज्ञ महोत्सव हुने
माधव सापकोटा चितवन – लक्ष्मीवैकुण्ठनाथ मन्दिर, भरतपुर (४, धर्मचोक , लङ्कु, चितवनद्वारा संचालित श्री वैकुण्ठनाथ परमवैदिक विद्याप्रतिष्ठानम्(गुरुकुलम्काे)  सुसंचालन र सर्वाङ्गीण विकासका लागि बृहद् अक्षयकोष स्थापनार्थ अनन्त श्रीविभूषित त्रिदण्डी पराङ्कुशाचार्य(शठकोप)  जीयर स्वामी, नेपाल सन्त समाजका अध्यक्ष स्वामी ज्ञानानन्द सरस्वती, श्री वैष्णव परिषद् नेपालका अध्यक्ष स्वामी देवराजाचार्य लगायत देश-विदेशका प्रमुख सन्त-महात्मा,कथावाचक, विद्वान् , विचारकहरूको आशीर्वचन, दैनिक प्रवचन...

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय

राष्ट्रपतिको निर्वाचन २५ फागुनमा गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौं । राष्ट्रपतिको निर्वाचन फागुन २५ गते हुने भएको छ । निर्वाचन आयोगले सोमबार निर्वाचनको मिति तय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारीको ५ वर्ष कार्यकाल २९ फागुन २०७९ मा सकिने छ । त्यसको चार दिनअघि निर्वाचन हुन लागेको हो । उपराष्ट्रपतिको निर्वाचन भने चैत ३ गतेलाई तय भएको छ । उपराष्ट्रपति नन्दकिशोर पुन ४ चैत २०७४ मा निर्वाचित भएका थिए

सालको काठसहित गैँडाकोटबाट तीनजना पक्राउ

सालको काठसहित गैँडाकोटबाट तीनजना पक्राउ
गैँडाकोट । नवलपुरको गैँडाकोटबाट २५ क्युफिट अवैध सालको काठसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गैँडाकोट ४ का ३२ वर्षका राजु परियार, तनहुँ रिसिङ गाँउपालिका वडा नं. ६ का ३५ वर्षका रविन रानाभाट र बुलिङटार गाउँपालिका वडा नं. १ का ३६वर्षका प्रेम कुमार मगर रहेको नवलपुर प्रहरीले जनाएको छ । गैंडाकोट नगरपालिका वडा नं. ४ झपर्दी स्थित सिता रानाभाटको घरको आँगनमा त्रिपालले छोपेर राखेको अवस्थामा काठ सहित उनिहरु पक्राउ परेका हुन् ।काठ ओसारपसारमा सहभागि उनिहरुलाई आवश्यक कारबाहीको ...