काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा।सीके राउतबीच भेटवार्ता भएको छ ।

बिहीबार अपरान्ह बालुवाटारमा भएको भेटमा आपसी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । हालै सम्पन्न निर्वाचनपछि भएको उनीहरुबीचको भेटलाई अर्थपूर्ण रुपमा लिइएको छ ।

तपाईको प्रतिक्रिया