सत्ता नहुँदैमा विचलित हुनुपर्दैन : वरिष्ठ नेता पौडेल
दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बदलिँदो अवस्थामा कांग्रेस कार्यकर्ता निराश हुननपर्ने बताएका छन् ।तनहुँको भानु नगरपालिका–९ स्थित पुर्कोट कालिका क्याम्पसको आज आयोजित १०औँ साधारणसभामा उनले सत्ता नहुँदैमा निराश नहुन कांग्रेस कार्यकर्तालाई आग्रह गरे ।
अहिलेको जस्तो अवस्था विगतमा पनि कांग्रेसले सामना गरेर आएको उललेख गर्दै पौडेलले भने, ‘कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्छ ।’ कार्यक्रममा गण्डकी प्रदेशका आन्तरिक मामिलामन्त्री डोवाटे विश्वकर्मा,...